विराटनगर । विराटनगर बसपार्कबाट दक्षिणमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलको छैटौ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिएको छ ।
शिविरमा स्थानीय एवं अस्पातालका कर्मचारीहरुले रक्तदान गरेका छन् । शनिबार सम्पन्न वार्षिकोत्सवमा ५० जनाले रक्तदान गरेका छन् । अस्पतालले विशेषज्ञ डाक्टरद्वारा निःशुल्क जाँच गर्नुका साथै विरामीलाई आवश्यक औषधी पनि निःशुल्क वितरण गरेको थियो । सो अवसरमा दुर्गम क्षेत्र र ६० वर्ष माथिका विरामीलाई २५ प्रतिशत छुट गरी शिविरमा जाँच गरिएका अन्यलाई २० प्रतिशत छुट र भर्ना गरेका लाई ५० प्रतिशतसम्मको छुट दिइएको सञ्चालक विद्या भट्टराइले बताइन् ।