विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङको दोस्रो पूर्ण बैठकले नेताहरुको कार्य विभाजन गरेको छ ।
जिल्ला कमिटीका प्रवक्ता ओसिम आलमका अनुसार आर्थीक विभागमा विश्वनाथ राय, संगठन विभागमा राजन केसि, कानुनमा कुमार भट्टराई, कृषि तथा भूमिमा भुपाल बस्नेत, खेलकुदमा बद्रि अर्याल, निर्वाचनमा देवि पाठक, पर्यटनमा आर.के. प्रधान, पार्टी स्कुल विभागमा चण्डीप्रसाद राई रहेका छन् । यस्तै प्रचारप्रसारमा ओसिम आलम, भौतिक पूर्वाधारमा भोला कोइराला, वन तथा वातावरणमा अग्नी प्रसाद पौडेल, विपद व्यवस्थापनमा वेदनिधि पोख्रेल, शिक्षामा मिन कुमार पराजुलीलाई जिम्मा दिइएको छ । यस्तै श्रम तथा रोजगारमा निलम ढुंगेल, समाज कल्याणमा राम प्रसाद शाह, सहकारी महेश आचार्य, शहरी विकासमा वेदनिधि दाहाल, साहित्य संस्कृतिमा देवि पन्थी, स्थानीय तहमा रमेश खनाल, उपभोक्तामा हितराम बराल, उद्योग तथा वाणिज्यमा दामोदर पोख्रेल रहेका छन् ।
मजदुरमा तुलसी ढकाल, किसानमा तारा बन्जरा, महिलामा सर्सु गुरुङ, युवामा प्रेम भारती, विद्यार्थीमा भुपाल बस्नेत, जनसांस्कृतिकमा धनकेशर अधिकारी, आदवासी जनजातिमा जयकुमार श्रेष्ठ, मधेशी उद्य मण्डल, मसलिम रिया जुदिम, दलित मुक्ति विभागमा तिलक परियार, बुद्धिजीविमा हरि सुवेदी, भुपु प्रहरी सैनिक पूर्णबहादुर केसी, प्रेसमा बन्धु पोख्रेल, मानव अधिकार सीता पौड्याल र पेशागतमा आसिस शर्मा रहेका छन् ।
नेकपा एसका प्रदेश कमिटीका अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्यता तथा केन्द्रिय नेताहरु महेश रेग्मी, हर्कमान तामाङ, विद्या चामलिङलगायतका नेताहरुको उपस्थितिमा जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक आज बसेको थियो । आजकै बैठकले संघीय तथा प्रादेशिक क्षेत्रको समेत कार्य विभाजन गरेको छ ।