धरान । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को संभावित संक्रमणलाई व्यवस्थापन गर्न सुनसरीको धरान स्थित वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले तयारी अन्तिम चरणमा पुगेको छ ।
प्रतिष्ठानमा महामारीको खतराबाट मुक्त पार्न बनेको ¥यापीङ रेस्पोन्स टिमले आइतबार पत्रकार सम्मेलन गरी तयारीबारे जानकारी दिएको हो ।
प्रतिष्ठानमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पहिचान र परीक्षण गर्ने प्रयोगशाला स्थापना भइसकेको छ ।सरकारले रिएजेन्ट, किट, रसायन, भाइरल ट्रान्सपोर्ट मेडियम (भिटिएम), व्यक्तिगत सुरक्षा सामाग्री (पीपीपी) पठाएपछि सञ्चालन गर्न सकिनेगरी प्रयोगशाला स्थापना भएको हो ।
कोरोना परीक्षणका लागि प्रतिष्ठानसँग एउटामात्र भाइरल सेफ्टी क्याबिन रहेकोमा सरकारले पठाएको नयाँ क्याबिन आइतबार प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा जडान गरिएको छ । प्रतिष्ठानसँग कोरोना परीक्षणका लागि भौतिक पूर्वाधार र दक्ष जनशक्ति भएकाले थप नयाँ भाइरल सेफ्टी क्याबिन जडान गरिएको हो ।
टिमका प्रमुख तथा प्रतिष्ठानका निर्देशक डा.गौरीशंकर शाहले सरकारबाट प्राप्त निर्देशन अनुसार नै आफूरुले महामारी आएको खण्डमा जुध्नसक्ने गरी तयारी गरेको बताउनुभयो । त्यसका लागि प्राक्टिक्स र तयारी सेवा अन्तर्गतको स्वास्थ्य बीमा, इसीएचएस सेवा अर्थात भुतपुर्व भारतीय सैनिकहरुका लागि बनाएको सेवा अन्तर्गत तयारी गरिएको छध ।
विरामीहरुमा कोभिड १८ को सम्भावित संक्रमण वा लक्षणहरु देखिएमा जीओपीडी अगाडिको हेल्पडेक्स पठाई आवश्यक उपचार सेवा प्रदान गरिनेछ । विरामीलाई थप जोखिम हुने अवस्थाका बाहेक नियमित फलोअप तथा शल्यक्रियाहरु दुई हप्तासम्म स्थगन गरिएको छ ।
विरामीहरुलाई नियमित स्वास्थ्य परामर्श दिन विभिन्न विभागका विशेषज्ञ चिकित्सकहरुबाट १२ वटा हेल्पलाईन टेलिफोन सेवा सञ्चालन गरिएको छ । यस्तै २ वटा विशेष कोरोना हेल्पलाइन सेवा र एउटा इमरजेन्सी हेल्पलाईन सेवा समेत उपलब्ध गराइनेछ ।
प्रतिष्ठानले हेल्पलाईन टेलिफोनमा चिकित्सकस“ग परामर्शपश्चात आवश्यक परेमात्र बिरामीलाई अस्पतालमा आउने व्यवस्था गरेको छध । अस्पताल आउदा विरामीहरुलाई एकअर्कास“ग एक मिटरको दुरीमा उभिन लगाउने, धरान उपमहानगरपालिका र रेडक्रसको सहयोग र इलाका प्रशासन कार्यालयको रोहबरमा कोभिड १९ का सम्भावित संक्रमण भएका विरामीहरुलाई आवश्यकता अनुसारको होम आईसुलेशन वा होम क्वाराईनटाईन्मा लैजाने र ल्याउने व्यवस्था गरिएको छ ।
कोभिड १९ को परिक्षण गर्न ल्याबलाई तयार गरिएको र भेन्टिलेटर सहितको कोरोना आईसियु थप २० बेडको विस्तार गर्ने काम अगाडि बढेको शाहले बताउनुभयो । प्रतिष्ठानमा फिबर क्लिनिक पनि सञ्चालनमा आउनेछ ।
संघीय स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार २ साताको लागि विस्तारित सेवा स्थगन गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । पेइङ सेवा, स्वास्थ्य विमा र भारतीय पेन्सनरहरुलाई दिँदै आएको इसिएचएस विस्तारित सेवा स्थगन भएको छ ।