परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा क्रान्तिकारीले लगायो ताला

विराटनगर । त्रभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी) विराटनगर महानगर समितिले विभिन्न माग राखेर तालाबन्दी गरेको छ । परीक्षा नियन्त्रक डा. गोविन्द गुरागाईंको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो ।

विद्यार्थी संगठनका महानगर अध्यक्ष प्रितम साहका अनुसार, कोशी र मधेश प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बिबिएस कार्यक्रमका विद्यार्थीहरूको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र झापा जिल्लास्थित दमक बहुमुखी क्याम्पसमा तोकिएको छ ।

परीक्षा नियन्त्रक कार्यालयको निर्णयका कारण विद्यार्थीहरूलाई लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको र त्यसप्रति परीक्षा नियन्त्रक कार्यालयले बेवास्ता गरेको भन्दै संगठनले विरोध स्वरुप तालाबन्दी गरेको नेकपा (माओवादी केन्द्र) विराटनगरका विद्यार्थीका इन्चार्ज शशी यादवले बताए । परीक्षा नियन्त्रक गोविन्द गुरागाईं लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नरहेको आरोप पनि उनीहरूले लगाएका छन् ।

अखिल (क्रान्तिकारी)ले तत्काल परीक्षा केन्द्र नजिकका क्याम्पसहरूमा सार्न माग गर्दै आन्दोलन चर्काउने चेतावनी समेत दिएको छ । यता परीक्षा सह–नियन्त्रक पक्षको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

मङ्गलबार, ०७ जेठ, २०८२, रातीको १०:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर