कालोबजारी गर्न लुकाएको मास्क बरामद

विराटनगर । बजारमा मास्क अभाब भइरहेको बेला विराटनगर–९ घोगापुल छेउबाट ठूलो परिणाममा मास्क बरामद भएको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले विराटनगर ९ घोघापुल चोकमा रहेको श्री सर्जी इम्पेक्सबाट आइतबार मास्क बरामद गरेको हो ।

राजेश अग्रवालको औषधि थोक बिक्री पसलबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको हो । कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महासाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिनुभयो ।

औषधी व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तु सरह लिइएको छ । तर, कतिपय औषधी विक्रेताहरुले भने प्रकोपको बेला कालोबजारी गर्दै आएका छन् ।

आइतबार, ०९ चैत, २०७६, दिउँसोको ०४:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर