विराटनगर । मोरङ व्यापार संघले जिल्ला प्रशासन कार्यालय, मोरङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई संघमा स्वागत तथा भेटघाट गरेको छ ।
संघका अध्यक्ष प्रकाश मून्दडाले प्रमुख जिल्ला अधिकारी दाहालसहित सहायक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेललाई स्वागत गरेका हुन् ।
अध्यक्ष मून्दडाले नजिकिरहेका चाडपर्वहरू लक्षित गर्दै व्यवसायिक केन्द्र विन्दु विराटनगरसहित आसपासका क्षेत्रमा उद्योगी–व्यवसायी, आम सर्वसाधारणका लागि बजार व्यवस्थापन र आपूर्ति श्रङ्खलालाई सहजीकरण गर्दै बजार खोल्ने समयावधि बढाउन माग गरेका छन् । उनले शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन विशेष कदम चाल्न आग्रह गरेका थिए ।
प्रजिअ दाहालले उद्योगी÷व्यवसायीहरुको हक, हित, संरक्षण, सम्वद्र्धनका लागि आवश्यक सुधारोन्मुख कार्यहरू क्रमिक रुपले अवलम्बन र कार्यान्वयन गरिँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको अन्त्यमा, संघका अध्यक्ष मून्दडाले स्वदेशी उत्पादनको प्रवद्र्धनार्थ संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियानको टेवल स्टेन्ड प्रजिअ दाहाललाई प्रदान गरेका थिए ।
कार्यक्रममा व्यापार संघका महासचिव अनिलकुमार साह, निर्वतमान अध्यक्ष पवन कुमार सारडा, महेशकुमार जाजू, उपाध्यक्ष नवीन रिजाललगायतकोे उपस्थिति थियो ।