विराटनगर । सानिमा बैंक लिमिटेडले विराटनगरको कञ्चनबारीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
शाखाको उद्घाटन शुक्रबार ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय श्री मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरे ।
मह जोडीले सानिमा बैंकको शाखा विराटनगर कञ्चनबारीमा संचालनमा आएकोमा बधाई ज्ञापन गरे । उनीहरुले सबल अनि विश्वसनीय बंैकको रुपमा विस्तार हुन र थप सफलता प्राप्त गर्न शुभकामना दिए ।
त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बंैकको देशका सातै प्रदेशमा १०६ कार्यालय र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।