पथरी । भदौ २८ गते भएको पथरी उद्योग वाणिज्य संघको १८ औं साधारणसभामा विजयी भएका पदाधिकारीहरू सम्मानित भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आज पथरीमा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । बधाई तथा सम्मान कार्यक्रममा प्रदेश सांसद कुल प्रसाद साम्बा, प्रथम संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरसहित प्रदेश सदस्य गीता तिम्सिना, मोरङ व्यापार संघका महासचिव अनिल साहले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष धनकुमार तामाङले सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै पथरिशनिश्चरे नगरक्षेत्रभित्र उद्योग तथा उद्योगी, व्यवसायी र व्यापारीहरूको थुप्रै समस्याहरू रहेका र तिनलाई आफ्नो कार्य कालमा सक्दो समाधान गरेर अगाडि बढ्ने बताएका छ्न् ।
अध्यक्ष तामाङले वाणीज्यका अधुरा रहेका कामलाई सबैसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नेसमेत बताएका छ्न् । अध्यक्षमा धनकुमार तामाङसहित वरिष्ठ उपाध्यक्षमा यादबचन्द्र दुलाल, उपाध्यक्षमा आशा राई, महासचिवमा राजेन्द्र बस्नेत निर्वाचित भएका थिए ।
त्यस्तै गरी वाणिज्य सचिवमा ईश्वरी सापकोटा, उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी, कोषाध्यक्षमा गठबन्धनका बिजयजंग बस्नेत बिजयी भएका थिए । चार खुल्ला सदस्यका लागि भएको निर्वाचनमा तुलसी लुनिया, ईन्द्र बहादुर राई, निलम बस्नेत र हरिराज प्याकुरेल बिजयी भएका थिए । महिला सदस्यमा देवी राई र जुनी थपलिया, लेखा संयोजकमा कृष्णप्रसाद भट्टराई, लेखा सदस्यमा प्रदीप पराजुली र एल्सन बाँस्तोला बिजयी भएका थिए ।