दमक । झापाको दमक–१ स्थितबाट कौडा खेलिरहेको अवस्थामा १७ जुवाडे पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापा भद्रपुर–७ का ५१ वर्षीय युवराज न्यौपाने, भद्रपुर–९ का ४९ वर्षीय दिलबहादुर राई, भद्रपुर–१० का ५० वर्षीय ठाकुरप्रसाद निरौला, बिर्तामोड–१ का ४२ वर्षीय तिर्थ अधिकारी, कन्काई–३ का ३२ वर्षीय मोहन बराल र वर्ष ३२ कै सुनिल साह रहेका छन् ।
यसैगरी गौरादह–५ का ४५ वर्षीय हरि कोईराला, कमल गाँउपालिका–४ का ४७ वर्षीय सुविन्द्र सुब्बा, दमक–७ का ४९ वर्षीय कर्ण राई, सोही स्थानका ४० वर्षीय राजन दाहाल र ३४ वर्षीय विनोद थेबे रहेका छन् ।
यस्तै बेलबारी ११ का २१ वर्षीय निशान पोखरेल, पथरी शनिश्चरे ४ का ४० वर्षीय बलराम बस्नेत, पथरी शनिश्चरे–१ का ४३ वर्षीय गंगाराम मगर, मोरङ ग्रामथान–४ का ५७ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान–५ का ४२ वर्षीय नैन कुमार चौधरी र ग्रामथान–६ का ४४ वर्षीय रुपेश तामाङ रहेका छन् ।
दमक–१ स्थितमा बस्ने हिमाल देवानको घर कम्पाउण्डमा ठूलो रकमको बाजी राखी जुवा खेलिरहेको भन्ने विशेष सुराकका आधारमा हिंजो राती साढे ११ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा यी १७ जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले जुवाको खालबाट १६ थान कौडा र नगद ४ लाख २७ हजार ६ सय रुपैया समेत फेला पारी बरामद गरेको छ । जुवाको खालबाट पक्राउ परेकाहरु उपर जुवा ऐन मुद्दामा कानुनी कारबाही अगाडि बढाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।