जन्मदोष पहिचान सम्बन्धी अभिमुखीकरण

विराटनगर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा २ दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन नेपाल र स्थानीय तहबीच त्रि–पक्षीय साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्र्तगत जन्मदोष पहिचानका लागि नर्सिङ कर्मचारीहरुलाई २ दिने अभिमुखीकरण दिईएको करुणा फाउण्डेशन नेपालका कार्यक्रम अधिकृत राजिवकुमार चौधरीले जानकारी दिए ।

कार्यक्रममा धनपालथान गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीहरु र स्वास्थ्य संयोजकको सहभागितामा भदौ २९ र ३० गते अभिमुखीकरण गरिएको उनले बताए । अभिमुखीकरण पछि नर्सिङ कर्मचारीहरुको क्षमतामा अभिबृद्धि भई जन्मदोष पहिचानगर्न सक्षम हुनेछन् र समुदायमा हुने जन्मदोषको समयमै पहिचान गरी आवश्यक उपचार सेवा उपलब्ध गराउने कार्यक्रम अधिकृत चौधरीले बताए ।

अभिमुखीकरण कार्यक्रममा धरानमा कार्यरत बालरोग चिकित्सक डा. ज्योती अग्रवाल, पब्लिक हेल्थ नर्स स्वास्थ्य कार्यलय मोरङका झरना गिरीले सहजीकरण गरेकी थिइन् । अभिमुखीकरणमा धनपालथान गाउँपालिका भित्रका ७ वटा स्वास्थ्य संस्थाका १७ जना नर्सिङ कर्मचारीहरुको सहभागीता थियो ।

शुक्रबार, ०१ असोज, २०७८, साँझको ०५:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर