प्रदेश १ मा ४७९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४७९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८१ जनाको पीसीआर परीक्षण गर्दा ३२० र ६९४ जनाको एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११३, झापामा १०४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ६३, सुन्दरहैचा र बेलबारीमा १३–१३, लेटाङमा ८, बुढीगंगामा ३, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, उर्लाबारी, रंगेली र ग्रामथानमा १–१, झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा ७, गौरादह र भद्रपुरमा ६–६, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा ५–५, हल्दिबारीमा ३, झापा गाउँपालिकामा २, शिवसताक्षीमा १, सुनसरीको इटहरीमा ५२, धरानमा ९, दुहवी र रामधुनीमा ६–६, इनरुवामा ४, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा ४ र शहिदभूमीमा १, इलामको चुलाचुली र माईमा १–१ र स्थानीय तह नखुलेका २, उदयपुरको कटारीमा २, त्रियुगा र उदयपुरगढीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बुधबार, ३० भदौ, २०७८, दिउँसोको ०४:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर