कानेपोखरी । मोरङ पथरी शनिश्चरे ३ शान्ती चोक निवासी मुक्तीनाथ गौतमले आफ्नो स्वर्गीय धर्मपत्नी गोमादेवी गौतमको सम्झनामा ‘गोमादेवी स्मृति भवन’ निर्माण गरेका छ्न ।
भवनको उद्घाटन समाजसेवी सुनिल शर्माले बिहीबार गरे । उद्घाटनसँगै निर्माणकर्ता मुक्तिनाथले त्यस भवन स्थानीय सिद्धेश्वर शिवपंचायन मन्दिरको मातहतमा रहने गरि हस्तान्तरण गरेका छन् ।
२० लाखको लगानी निर्माण भएको १ तले भवनमा सिद्धेश्वर मन्दिरमा आयोजना हुने विभिन्न धार्मिक कार्यको सहजीकरणका लागि प्रयोग गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भानुभक्त दंगालले बताए । उनले भवन संरक्षणको जिम्मेवारी लिँदै भवन संरक्षण एवं प्रयोगका निम्ति हस्तान्तरण गरेकोमा सम्पूर्ण गौतम परिवारलाई धन्यवाद दिए । साथै आगामी दिनमा पनि साथ र सहयोगको आशा रहेको पनि बताए ।
कार्यक्रममा बोल्दै समाजसेवी सुनिल शर्माले धार्मिक कार्यक्रममा आएर मन्दिरको निम्ति निर्माण भएको भवन उद्घाटन गर्न पाउँदा अत्यन्तै हर्षित भएको सुनाए । उनले अब चाँडै शिद्धेश्वर मन्दिरका नाममा एम्बुलेन्स प्रदान गर्ने प्रतिबद्धता जनाए ।