विराटनगरको लोकप्रिय क्विकरफुडले दोस्रो वार्षिकोत्सव मनाउँदै

विराटनगर । विराटनगरको चर्चित फुड डेलिभरी कम्पनी क्विकर फुडले दोस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ । क्विकर फुडले भदौ १९ गते देखि २ असोजसम्म उत्साहजनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाउने भएको हो। क्विकर फुडले प्रत्येक वर्षको भदौ २६ गते आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ ।

यस वर्ष ग्राहकहरुलाई अनेकौं अफर तथा छुटका साथै २ लाख रुपैयाँ सम्मको पुरस्कार प्रदान गर्ने योजना क्विकरले अघि सारेको हो ।

यस अवसरमा क्विकर फुडले भायानेट कम्युनिकेसन, हुलास फुड्स, डिभाईन वाईन, एनआईसी एशिया बैंक, जीवन विकास डेरी, औरा सेफ, म्याग्ना बियर, टुबोर्ग बियर, एसेसोरिज पसल, माला बिड्स, खल्ती, कोकाकोला, फुडग्रेन्स जस्ता देशकै बहुप्रतिष्ठित ब्रान्डहरुसँग सहकार्य गरिरहेको छ।

यस अवसरको मुख्य आकर्षण मेगा गीभअवे अन्तर्गत एक जना भाग्यशाली ग्राहकले एक वर्षको भायानेट इन्टरनेट प्याकेज प्राप्त गर्नेछन् भने क्विकर फुडमार्फत वर्षभरी सित्तैमा अर्डर गर्न सक्ने सुविधा पाउनेछन् । साथै अन्य सहयोगी ब्रान्डहरुका सामाग्री खरिदमा छुट तथा आकर्षक उपहारहरुको पनि व्यवस्था गरिएको कम्पनीका म्यानेजर क्षितिज गौतमले बताए ।

उनले १५ दिनको अवधीमा क्विकरफुडबाट अर्डर गर्दा भुक्तानीको लागि खल्ती एप प्रयोग गरे रु १०० सम्मको हुने गरि १० प्रतिशत रकम फिर्ता आउने तथा एनआईसी एशियाको मोब्याकं प्रयोग गर्दा रु ५०० सम्मको सीमित छुट हुने गरि २० प्रतिशत रकम फिर्ता आउने व्यवस्था गरिएको छ ।

यसका साथै विराटनगरको पूर्वान्चल बेकरी, आमाज बेकरी, आमाज ब्याकयार्ड, शुभ बेंकट, ह्यासट्याग फुड एन्ड बार, पिजफायर क्याफे, टेम्पटेसन रेष्टो एन्ड बार जस्ता विभिन्न चर्चित रेस्टुरेन्ट तथा बेकरीबाट अर्डर गर्दा विभिन्न छुटको समेत व्यवस्था गरिएको गौतमले बताए ।

यहाँका विभिन्न रेस्टुरेन्ट र बेकरीका स्वादिष्ट परिकार विगत दुईवर्षदेखि डेलिभरी गर्दै आएको क्विकरफुडले कोरोना भाईरस महामारीको कारण भएको लकडाउनको समययता फलफूल, तरकारी, दुग्ध सामाग्रीका साथै दैनिक खाद्यवस्तुसमेत सुरक्षित रुपमा डेलिभरी गर्दै आएको छ ।

गौतमले वार्षिकोत्सवका अफरमा एन्ड्रोईड मोबाईल प्रयोगकर्ताले प्लेस्टोर तथा एप्पल मोबाईल प्रयोगकर्ताले एपस्टोरबाट क्विकरफुडको मोबाईल एप डाउनलोड गरेर आफुलाई मन परेका खाद्य सामाग्री अर्डर गरि सहभागी हुन सक्नेछन् । साथै अफर सम्बन्धी जानकारीहरु क्विकरफुडको फेसबुक तथा ईन्स्टाग्राममा जोडिएर पनि लिन सकिनेछ ।

मङ्गलबार, २२ भदौ, २०७८, दिउँसोको ०४:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर