३ अर्ब लगानीमा इटहरीमा खुल्यो भाटभटेनी सुपर स्टोर (भित्री लुक्स फोटो फिचर)

विराटनगर । सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ । शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन् ।

भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत छुट दिएको सञ्चालक गुरुङले जानकारी दिए । तर इलेक्ट्रोनिक वस्तुमा भने २० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

इटहरीमा ३५ कट्ठा जमिनसहित ३ अर्ब लगानीमा खुलेको भाटभटेनीले मनोरञ्जनस्थलसहितको किनमेलको केन्द्र बनाएको छ । सञ्चालक गुरुङले प्रदेश नम्बर १ को केन्द्रमा देशको सबैभन्दा ठूलो स्टोर खोल्न पाएकोमा खुसी व्यक्त गरे ।

इटहरीमा भाटभटेनीको भवन निर्माण २०७६ फागुनमा सुरु भएको थियो। यसलाई २०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना थियो । तर कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रोजेक्ट ढिलो भएको गुरुङले बताए । गुरुङले काठमाडौंको टोखा र सानागाउँसहित हेटौंडा, धनगढी र वीरगञ्जमा भाटभटेनीका भवनहरू निर्माणाधीन रहेको जानकारी दिए ।

सबै तस्बिर : विनोद भट्टराईको फेसबुकबाट साभार

 

शनिबार, १९ भदौ, २०७८, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर