सन्थाल आदिवासी उत्थान संघमा अनियमितताको आरोप

विराटनगर । नेपाल सन्थाल आदिवासी उत्थान संघको केन्द्रीय समितिले आठ वर्षदेखि वार्षिक साधरण सभा नगरी संस्थाको हिसाव किताब पनि सार्वजानिक नगरेको भन्दै सन्थाल नागरिक समाजले असन्तुष्टि व्यक्त गरेको छ ।

समाजले विराटनगरमा आज पत्रकार सम्मेलन गरि नेपाल सन्थाल आदिवासी उत्थान संघका अध्यक्ष लखिराम हस्ताले मनोमानी ढंगले संस्था चलाएको आरोप लगाउँदै उनीहरूले वार्षिक साधरणसभा गरि हिसाव किताव सार्वजानिक पनि नगरेको आरोप लगाएको हो ।

नेपाल सन्थाल आदिवासी उत्थान संघको विगतमा नियम अनुसार वार्षिक साधरण सभा र अधिवेशन हँुदै आएको थियो । ‘हस्ता अध्यक्ष भएर आएपछि संघको कुनै पनि हिसाब किताव सार्वजानिक गरिएको छैन । अहिलेसम्म साधरणसभा पनि भएको छैन,’ सन्थाल नागरिक समाजका ंसंयोज तथा संघको पूर्वमहासचिव समेत रहेका लखन हस्दाले भने, ‘विभिन्न दातृ निकायदेखि आएको बजेट वर्तमान अध्यक्षसहितका पदाधिकारीहरू मिलेर संघको पैसा हिनामिना गरेको कारणले हिसाव सार्वजानिक नभएको हो ।’

उनले तत्काल संघले सार्वजनिक सुनवाइ गरि पारदर्शी ढंगले हिसाब सार्वजनिक गरिनुपर्ने बताए । संघलाई नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठानले वार्षिक १० लाख रुपैयाँ सहयोग गर्ने गरेको थियो । ‘विभिन्न दातृ निकायहरूले पनि सन्थाल सामुदायहरूको हकहितको लागि वार्षिक लाखौं बजेट आउने गरेको थियो,’ पत्रकार सम्मेलनमा लखन हस्दाले भने, ‘संघको लेखापरीक्षण गरि वर्तमान कार्यसमितले साधरणसभा आव्हान यर्थात खर्चको विवरण सार्वजानिक गरिनु पर्दछ ।’ सन्थाल सामुदायको हकहित र उत्थान र विकासको लागि २०५१ सालमा यो संस्था स्थापना भएको हो ।

बुधबार, ०२ भदौ, २०७८, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर