विराटनगर । विराटनगर जेसिजले कोभिडको माहामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, सफाइकर्मीलगायतको मनोबल बढाउने गरी साताव्यापी कार्यक्रम घोषणा गरेको छ।
जेठ १६ देखि २१ सम्म आयोजना भइरहेको कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली वितरण, फ्रन्टलाइनर संचारकर्मीलाई स्वास्थ्य कोसेली वितरण, विराटनगर माहनगरपालिकाको आइसोलेसनमा रहेका कर्मचारी तथा कोरोना संक्रमितलाई पौष्टिक आहार वितरण, विराटनगरमा अभियान चलाइरहेको युवाहरुको समूहलार्इ राहत सामग्री हस्तान्तरण कार्यक्रम गरिने छ ।
यस्तै कोभिड–१९ उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई खाजा, प्राथमिक स्वास्थकेन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण र माहामारीको बेलामा काम गरिरहेका स्वास्थ्यकर्मीको सम्मानमा घर–घरमा राष्ट्रिय गानसहित कार्यक्रमको आयोजना गरिने विराटनगर जेसिज का.बा.अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डमा रहि कार्यक्रम सञ्चालन गरिने विराटनगर जेसिजका उपाध्यक्ष शिव शंकर मण्डलले बताए ।
सामाजमा हुने हरेक गतिविधिमा सक्रिय रहने जेसिजले यस पटकको माहामारीमा ज्यानको बाजी लगाएर कार्यरतहरुको हौसला बढाउने कार्यक्रम गरिएको विराटनगर जेसिज सदस्य तथा कार्यक्रम संयोजक प्रसान्त घिमिरेले जानकारी दिए ।