राम मन्दिरका लागि बजेट विनियोजन

काठमाडौं । सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत उक्त जानकारी दिएका हुन् ।

पशुपतिनाथको मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरेको जानकारी दिएका उनले चितवनमा राम मन्दिर निर्माणका लागि कति रकम विनियोजन गरिएको भन्ने जानकारी दिएनन् । उनले भने, ुचितवनको आयोध्यापुरीमा राम मन्दिर निर्माण गर्न बजेट छुट्याएको छु ।ु

जनकपुरधामलाई धार्मिक र सांस्कृतिक पर्यटन स्थलको रूपमा विकास गर्नका लागि बजेट विनियोजन गरिएको बताएका उनले मुलुकका विभिन्न धार्मिक स्थलको संरक्षण र प्रवर्धनका लागि बजेट विनियोजन गरिएको बताए ।

शनिबार, १५ जेठ, २०७८, साँझको ०६:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर