राष्ट्रवादको नारा लाउने सबै नेता राष्ट्रघाती: नेकपा अध्यक्ष कट्टेल

इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले मुलुकका अधिकांश शीर्षदलका नेताहरू राष्ट्रघाति रहेको प्रमाणित भइसकेको बताएका छन् ।

सुनसरीको इटहरीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कट्टेलले यस्तो बताएका हुन् । चुनावको बेला आफुलाई राष्ट्रवादको नारा लगाउने सबै नेता र मन्त्री चुनाव जितेर सत्तामा पुगेपछि पद र पैसाको प्रलोभनले देशप्रति जिम्मेवार नबनेको अध्यक्ष कट्टेलको भनाइ थियो ।

रणनीतिक संयुक्त मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष कट्टेलले अहिले मुलुकमा विद्यमान राजनीतिक परिघटनाका कारण देशवासी अलमलमा परेको र यस्को जिम्मा सरकार आफैले लिनुपर्नेमा जोड दिए । उनले नेकपाभित्र देखिएको गुटबन्दी र फुटको संघारका कारण देशवासी चेपुवामा परेको र पार्टीगत विवाद सडकमा भन्दा वार्तामा बसेर टुंग्याउनुपर्ने उनको तर्क थियो ।

त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले नेताहरूको टकरावका कारण देश बाह्य शक्तिको शरणमा पुग्न सक्ने आशंका बढेको बताउनु भयो । मुलुकमा स्थापित गणतन्त्र धरापमा पार्ने काम देशकै शीर्ष दल र तिनका नेताहरूले गरेको आरोप लगाउँदै प्रवक्ता कँडेलले समय आएपछि यसको हिसाब किताब जनता आफैंले खोज्ने बताए ।

कार्यक्रममा धिरेन्द्र कुमारी उपाध्याय (भृकुटी)ले राजनीतिक अस्थिरताका कारण मुलुकमा भारतीय हस्तक्षेप बढेको र यो नेपाली जनताकालागि असह्य बनेको आरोप लगाइन । उनले चुनाव जितेर गएका नेताहरूले देश बर्वादीको खाडलमा पुर्याउन लागेको भन्दै अब तेश्रो जनआन्दोलनको सुरूवात हुन सक्ने बताइन् ।

कार्यक्रममा देशभक्त जनमञ्चका अध्यक्ष सुरेन्द्र कार्की, स्वतन्त्र वाम बुद्धिजीवि नरेन्द्र बस्नेत, मधेशी मुक्ति आन्दोलनका अगुवा महेश यादवलगायतले मन्तब्य राखेका थिए ।

मङ्गलबार, १८ फागुन, २०७७, दिउँसोको ०४:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर