प्रदेश १ प्रदेशसभा बैठक

अविश्वासको प्रस्ताव टेबल हुने

विराटनगर । प्रदेश १ को आज बस्ने प्रदेशसभा बैठकमा सत्तापक्षको असहमति र विरोधकाबीच अविश्वासको प्रस्ताव टेबल हुने भएको छ ।

मुख्यमन्त्री शेरधन राईको विरुद्धमा पेश गरिएका अविश्वासको प्रस्ताव टेबुल हुनै पर्ने माग गर्दै नेकपाको प्रचण्ड–माधव पक्षले अडान राखेको थियो भने सत्तापक्षले निलम्वित १६ जनालाई प्रवेश निषेध गर्नुपर्ने माग राखेको थियो । दुवै मागका विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन सकेको थिएन । तर, सभामुख प्रदीपकुमार भण्डारीले ‘नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव ऐ. नियमावलीको नियम १२९ (४) बमोजिम पेश हुने’ कार्यसूची तय गर्नुभएको छ ।

यता, मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्षका नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताउनु भएको थियो ।

आइतबार, २५ माघ, २०७७, दिउँसोको ०३:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर