डा. केसीको अनशन तोडियो

काठमाण्डौ । डा. गोविन्द केसीले २८ दिन लामो सत्याग्रह अन्त्य गर्नुभएको छ । सरकारसँग आठ बुँदे सहमति भएपछि आइतबार बिहान उहाँले सत्याग्रह अन्त्य गर्नुभएको हो ।

डा. केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस खुवाएर अनशन तोडाउनुभयो । केसीले भदौ २९ गतेदेखि जुम्लाबाट १९औँ अनशन आरम्भ गर्नुभएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उहाँलाई काठमाण्डौ ल्याइएको थियो ।

गएराति सरकारी वार्ता समिति र डा केसीबीच आठ बुँदे सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ता टोलीका संंयोजक गोपी मैनाली र डा. केसीले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।

सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।

आइतबार, २५ असोज, २०७७, दिउँसोको १२:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर