मायाघरमा नेशनल लाइफ

इटहरी । निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा शनिबार सुनसरीको इटहरी स्थित मायाघर नेपालका ४६ जना वृद्धवृद्धाहरुलाई खाना खुवाएको छ ।

सामाजिक उत्तरदायित्व अन्र्तगत कम्पनीले देशभर विभिन्न कार्यक्रम गरिरहेका बेला मायाघरमा रहेका ४६ जनालाई उनीहरुको रुचीअनुसार भोजन गराएको कम्पनीले जनाएको छ ।
इटहरी २ हवाई चोकमा रहेको मायाघरमा रहेका विभिन्न क्षेत्रबाट आएका जेष्ठ नागरिक बालबालिका तथा मानसिक सन्तुलन गुमाएकाहरुलाई खाना खुवाएको कम्पनीका प्रदेश नं.१ का प्रमुख नरेन्द्र राईले बताउनुभयो ।

कम्पनीले पछिलो समय सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश १ मा शैक्षिक छात्रवृत्ति, जेष्ठ नागरिकहरुलाई सम्मानलगायत विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठ, पथरी शाखा प्रमुख रबिन्द्र लिङ्दम, नेपाल विज्ञापन संघ प्रदेश १ का संयोजक पवन अधिकारी, पेशागत विमा अभिकर्ता संघ इटहरी शाखा प्रमुख किशन शाहीलगायतको सहभागिता थियो ।

शनिबार, १० फागुन, २०७६, दिउँसोको ०३:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर