१० अर्बको हिसाब माग गर्दै सरकार विरुद्ध युवाहरु : (फोटो फिचर)

विराटनगर/विराटनगरका युवाहरूले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको १० अर्ब खर्चको हिसाब माग गर्दै सरकार विरुद्ध शान्तिपुर्ण प्रर्दशन गरेका छन ।

बिहीबार युवाहरुले कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणका लागी औषधी उपकरण खरिदमा भएको १० अर्ब खर्चको हिसाब पारदर्शी हुनुपर्ने माग राख्दै सरकार विरुद्ध प्रर्दशन गरेका हुन । कोरोनाको महामारी नियन्त्रणका लागी सरकारले हालसम्म करिब १० अर्ब खर्च भएको बताउँदै आएको छ । यद्यपि सरकारले पारदर्शी खर्च विवरण सार्वजनिक नगरेपछि युवाहरु सडकमा ओर्लिएका हुन ।

बिहीबार विराटनगरस्थित देवकोटा चौकबाट स्वतःस्फूर्त रूपमा निस्किएको युवा समुहको र्याली हस्पिटल चौक, जलजला चौक र ट्राफिक चौकबाट मेनरोड हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडी पुगेको थियो । बजार परिक्रमा गर्दै मुख्यमन्त्री कार्यालय अगाडी पुगेको र्यालीमा सहभागी युवाहरुले राष्ट्रिय गान गाएर सरकारले गरेको कामको आलोचना गरेका थिए ।

मुख्यमन्त्री कार्यालय पछि विराटनगर महानगरपालिका समेत पुगेको युवाहरुको र्यालीले जनतालाई कर र तिमीलाई कार ? भनेर सरकार समक्ष प्रश्न गर्दै आरडीटी परिक्षण बन्द गर्न माग गरेका छन । त्यस्तै युवाहरुले सयौं सत्ताको झापड खाने एउटै गाला नेपाली, भाषण होईन सुशासन, सक्षम सरकारको लक्षण पारदर्शीता र दुरदर्शीता, रोगले भन्दा भोकले मरिने भईयो सरकार, कर के का लागी ? र प्रहरी हाम्रो मामा हो भान्जा कुटन पाईँदैन लिखित ह्याण्ड पम्पलेटहरु बोकेर सरकार विरुद्ध प्रर्दशन गरेका थिए ।

कोरोना भाईरसको रोकथाम तथा न्युनीकरणमा खर्च भएको रकमको खर्च विवरण सार्वजनिक नहुँदा सरकारको पारदर्शीताप्रति हाल देशैभरिका आम नागरिकले औला उठाईरहेका छन ।

बिहिबार, २९ जेठ, २०७७, साँझको ०६:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर