लकडाउन खुकुलो : ब्यापार ब्यवसाय र निजी गाडी खुल्ने

बिराटनगर । सकारले लकडाउन खुकुलो बनाउदै पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसैगरी निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।

जोर गते जोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने छ भने बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने छ । तर, सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दवाव बढ्दै आएको थियो भने लकडाउन अवज्ञा सुरु भएको थियो । अब थेग्न नसकिने बुझेर सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो ।

विज्ञहरुले कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

बुधबार, २८ जेठ, २०७७, रातीको १०:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर