बुधबार मोरङमा ८ संक्रमित थपिए

विराटनगर । बुधबार मोरङमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा रतुवामाई नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो ।

नगरपालिकाको सौठा क्वारेन्टाइनमा बसिरहेका ३ जना र इटहरा क्वारेन्टाइनमा बसिरहेका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । नगरपालिकाले ३५० जनालाई क्वारेन्टाइनमा राखेको छ । क्वारेन्टाइनमा बसेको १० दिनपछि कोरोना जाँच गर्दा ८ संक्रमित भेटिएका हुन् ।

बुधबार ८ जना थपिएसँगै मोरङमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । रतुवामाईमा बुधबारसम्म २२ जनामा संक्रमण देखिएको छ ।

मोरङमा विराटनगरमा ४, रंगेलीमा २, लेटाङमा २ धनपालथानमा ५ सहित सुन्दरहैचा, सुनबर्सी र बुढीगंगा गाउँपालिकामा पनि कोरोना संक्रमित भेटिएका छन् ।

बुधबार, २८ जेठ, २०७७, दिउँसोको ०३:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर