इटहरी । सुनसरकिो इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका २८ वर्षीय राजन राईको हत्या गरि फरार रहेका तीन जनलाई खनार क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मुख्य अभियुक्त प्रज्वल तामाङसहित सहयोगीहरु अभिषेक पौडेल र अभिषेक गिरी रहेका छन् । सामान्य विवादको क्रममा तीन जना मिलेर राजनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरकिा डिएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
आइतबार राति तरहरामा उनीहरुले राईलाई छुरा प्रहर गरी गम्भीर घाइते बनाएका थिए । तरहरामा उपचार हुन नसकेपछि उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बाटोमा नै मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।
बेलायतमा बस्दै आएका मृतक राई लकडाउनको कारणले फर्कन पाएका थिएनन् । राईलाई प्रज्वल तामाङले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । केसी र पौडेल पनि उनको साथमा थिए ।
प्रहरीका अुनसार घटनाका दिन इटहरी २० निवासी अमित घिमिरेको घरमा तामाङसंग सामान्य विवाद भएको थियो । सोही कारण अभिषेक गिरी र अभिषेक पौडेल समेत मिलेर राई र घिमिरेलाई घेरा हाली काठको लाठ्ठीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटकै क्रममा तामाङले आफुसंग भएको फलामको धारिलो हतियारले राईको पेंट र छातिमा प्रहार गरेका थिए । त्ययसपछि बाटोमै ढलेका राईलाई अमित घिमिरे र अनिल घिमिरेसमेतले उठाएर उपचारका लागि तत्कालै तरहराको नितान्त पोलिक्लिनिकमा लगेका थिए ।