युवा संघको कुटपिटबाट धनगढीमा जेनजी समूहका एक घाइते

युवा संघको कुटपिटबाट धनगढीमा जेनजी समूहका एक  घाइते

विराटनगर । कैलालीको धनगढीमा एमालेनिकट राष्ट्रिय युवा संघ र जेनजी समूहबीच विवाद हुादा एक जना घाइते भएका छन् । जागरण सभाका लागि मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेका युवा संघका कार्यकर्ता विरोधमा प्ले कार्डसहित सडक किनारमा उभिएर बसिरहेका जेनजी समूहमाथि जाइलाग्दा उक्र घटना भएको हो ।

कुटपिटबाट धनगढीकी जेनजी अगुवा सरिता जोशी घाइते भएकी छन्। उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

युवा संघले धनगढीमा आयोजना गरेको जागरण सभामा सहभागी हुन एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत सहभागी भएका थिए ।

बस्नेत सहभागी हुने भएपछि जेनजी युवाहरू सडकको बायाँतर्फ उभिएर विरोध प्रदर्शन गरिरहेका थिए । ठूलो संख्यामा रहेका सशस्त्र र नेपाल प्रहरीहरूले युवा संघका कार्यकर्तालाई रोकेका थिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्