झापाका एक व्यक्तिले आफ्नै शरिरमा पेट्रोल खन्याएर गरे आत्मदाह

झापाका एक व्यक्तिले आफ्नै शरिरमा पेट्रोल खन्याएर गरे आत्मदाह

विराटनगर । झापाको गौरादह निवासी एक व्यक्तिले आफ्नै शरिरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाह गरेका छन् ।

गौरादह नगरपालिका २ निवासी ५५ वर्षीय सूर्यप्रसाद पोखरेलले सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह गरेका हुन् ।

घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको क्रममा जनकपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ७ः४० बजे सो स्थानमा उनले आफैं शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए । स्थानीयले आगो लागेको देखेपछि इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेपछि जलेर घाइते भएका उनलाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पु¥याएको थियो। आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेकोले उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।

पोखरेलको उपचारकै क्रममा विहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत भएको हो। मोबाईलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क गरेपछि मृतकका आफन्तहरू सम्पर्कमा
आएको प्रहरीले जनाएको छ।

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे भन्ने बिषय हालसम्म खुलेको छैन । उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको
प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्