विराटनगर । अहिले नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान तराईका केही भूभागमा छिटपुट वर्षा भएको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने ‍पूर्वानुमान छ ।

कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो हल्क वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहने अनुमान गरिएको छ।