विराटनगर । नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बोलाइएको छ । बैठकले एकीकृत समाजवादीसहितका दलहरुसँगको एकताको सहमतिलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत विभिन्न पार्टी र समूहका बिचमा एकता गर्नका लागि कात्तिक १६ गते भएको सहमति अनुमोदन गर्न बैठक बस्न लागेको हो । उनीहरुले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा सभा आयोजना गर्दैछन् ।

एकता प्रक्रियामा नरहेका नेत्रविक्रम चन्द, माओवादीका असन्तुष्ट नेताहरू उपमहासचिव जनार्दन शर्मा, राम कार्की, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायतका नेताहरूले पनि मोर्चाबन्दीको अर्को प्रयास गरिरहेको बताइएको छ ।