विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै व्यङ्ग्य गरेका छन् । शाहले मध्यरातमा सामाजिक सञ्जालमा एक विवादास्पद स्टाटस लेखेर हटाएपछि, मन्त्री पुनले शाहको नाम नलिईकनै ‘सर्को तानेको बेला’ केही नबोल्न र नलेख्न सुझाएका हुन् ।

शनिबार मध्यरातमा मेयर शाहले आफ्नो आधिकारिक फेसबुक पेजबाट अमेरिका, भारत, चीन तथा नेपालका प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै आपत्तिजनक शब्द प्रयोग गरी एक स्टाटस पोस्ट गरेका थिए । उक्त स्टाटस केही मिनेटमै हटाइएपनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो, जसका कारण शाहको आलोचना भइरहेको

यही प्रसङ्गमा, मन्त्री पुनले आइतबार सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘केही–केही आशा लाग्दा अभियन्ता र अगुवाहरूले बेला –बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केही छैन तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ ।’पु

शाहले आफ्नो स्टाटसमा अमेरिका, भारत, चीन र नेपालका प्रमुख दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई उल्लेख गर्दै अशिष्ट भाषा प्रयोग गरेका थिए । उनको उक्त अभिव्यक्तिको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरेका थिए भने कतिपयले उनको समर्थन पनि गरेका देखिन्छन् ।