विराटनगर । मौसम खराबीका कारण कोशी प्रदेशको संखुवासभाको तुम्लिङटार लगायत देशभरका तीन विमानस्थलहरु बन्द गरिएको छ । साथै बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् ।
मौसममा आएको खराबीका कारण चितवनको भरतपुर र सुर्खेत विमानस्थलको उडान पनि स्थगित गरिएको छ । नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेका कारण वर्षा जारी छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ ।


