पार्टी एकताको निर्णय लिन आज माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

पार्टी एकताको निर्णय लिन आज माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले पार्टी एकताबारे निर्णय लिनका लागि आज महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने यस बैठकले नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टी (नेसपा), गोपाल किराती नेतृत्वको अभियान लगायत आधादल तथा समूहहरूसँग एकता गर्ने विषयमा निर्णय लिने बताइएको छ ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलका अनुसार अनुसार, बैठकमा एकताको मोडालिटी, पदीय व्यवस्थापन तथा सैद्धान्तिक तयारी लगायतका महत्त्वपूर्ण विषयमा छलफल हुनेछ।

पार्टी एकता प्रक्रियालाई मूर्तरूप दिनका लागि यो बैठक निर्णायक मानिएको छ। यसअघि गत शुक्रबार मात्रै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठकले माओवादी केन्द्र र नेसपासँग एकता गर्ने औपचारिक निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले एकताका बाँकी गृहकार्य र प्राविधिक विषयहरू टुङ्गो लगाउने जिम्मा सचिवालयलाई सुम्पिएको पृष्ठभूमिमा माओवादी केन्द्रको आजको बैठकले पनि सोही दिशामा अगाडि बढ्ने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्