विराटनगरमा आध्यात्मिक जागरणः सकारात्मक सोचका लागि सिस्टर शिवानीको प्रवचन

विराटनगर । अन्तर्राष्ट्रिय ख्याति कमाएकी आध्यात्मिक वक्ता ब्रह्मकुमारी सिस्टर शिवानी पहिलो पटक विराटनगर आउनुभएको छ । आउँदो शुक्रबार उहाँले विराटनगरस्थित जैन भवनमा सकारात्मक सोच, नयाँ सुरुवात’ भन्ने विषयमा प्रवचन दिनुहुने बताइएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, विराटनगरको आयोजना तथा मोरङ उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ (कोशी प्रदेश) र नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को सहकार्यमा हुन लागेको उक्त कार्यक्रममा करिब २ हजार ५०० जना प्रतिष्ठित व्यक्तित्वहरू, समाजसेवी, धार्मिक एवं आध्यात्मिक व्यक्तित्वहरू, शिक्षक र विभिन्न पेशाका प्रतिनिधिहरूको उपस्थिति हुने गरी तयारी गरिएको छ ।

सिस्टर शिवानी भारतको ब्रह्मकुमारी संस्थाकी वरिष्ठ राजयोग शिक्षिका तथा अन्तर्राष्ट्रिय स्तरमा प्रेरणादायी वक्ताको रुपमा परिचित हुनुहुन्छ । उहाँका प्रवचनहरूले विश्वका धेरै मुलुकमा कयौं व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुगेको आयोजकले ज नाएको छ । उहाँका टेलिभिजन कार्यक्रम अवेकिङ विथ ब्रह्मकुमारी सृङ्खला निकै लोकप्रिय छ । उहाँलाई विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले सम्मानसमेत दिएका छन् ।

सिस्टर शिवानीले तनावपूर्ण जीवनशैलीका कारण उत्पन्न समस्याहरूलाई सम्बोधन गर्दै मानसिक शान्ति र खुशी प्राप्त गर्ने उपायहरूका बारेमा जानकारी दिनुहुनेछ । उहाँका प्रवचनहरूले दर्शकहरूलाई सकारात्मक जीवनशैली अपनाउन, नकारात्मक विचारहरूबाट मुक्त हुन र भित्री शक्ति विकास गर्न प्रेरणा दिने विश्वास आयोजकको छ ।

कार्तिक ११, २०८२, साँझको ०६:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर