विराटनगर । उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रले उदयपुरबाट पूर्वी क्षेत्रमा सञ्चालन हुने सार्वजनिक यातायातका लागि भाडादर सार्वजनिक गरेको छ।

केन्द्रले यात्रुहरूलाई तोकिएको भाडाभन्दा बढी रकम नतिर्न अनुरोध गर्दै, यदि कसैले बढी भाडा लिएको पाइएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न वा नजिकैको प्रहरी कार्यालयमा गाडी नम्बरसहित गुनासो दर्ता गर्न आग्रह गरेको छ।

लामो समयदेखि यात्रुहरूले बढी भाडा असुलिएको गुनासो गर्दै आएका थिए। यसैलाई सम्बोधन गर्न र भाडादरमा पारदर्शिता कायम गर्न यो कदम चालिएको केन्द्रले जनाएको छ।

व्यवसायी केन्द्रले गाईघाटबाट धरान हुँदै विराटनगरको यात्रा गर्न बसमा ३५४ र सानो गाडीमा ४४५ रुपैयाँ भन्दा बढी नतिर्न आग्रह गरेको छ । यस्तै गाईघाटबाट इटहरीसम्मको यात्रा गर्न बसमा २६० र सानो गाडीमा ३२७ रुपैयाँ मात्र तिर्न आग्रह गरेको छ।