काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेको हतकडीसहित झापा दमकका एक व्यक्ति पक्राउ परेका छन् ।
प्रहरी वृत्त बौद्धले जेनजी आन्दोलनको क्रममा लुटपाट भएको हतकडी र सोको चाबीसहित दमक नगरपालिका वडानम्बर २ का साजन श्रेष्ठलाई पक्राउ गरेको हो । उनी काठमाडौंको बालाजुमा अस्थायी बसोबवास गर्दै आएका थिए ।
कात्तिक ८ गते शनिबार बेलुकी ७ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिका ७ बाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैबीच प्रहरीले प्रहरी प्रभाग साँखुमा आक्रमण गरी आगजनी गर्ने थप दुई जनालाई शनिबार नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको मकवानपुर गढी गाउँपालिकाका प्रल्हाद दाहाल र शंकरापुर नगरपालिकाका सानुकान्छा वाइबा रहेका छन् ।

