विराटनगर । पूर्वी नेपालको प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकै दिन ६ हजार भन्दा धेरै व्यक्तिहरुले दर्शन गरेका छन् । शनिबार यो वर्षकै सबैभन्दा धेरै ६ हजार ३९३ जनाले दर्शन गरेका बताइएको छ ।

यतिबेला सडक मार्गबाट यात्रा गर्न सहज भएको, पानी नपरेका कारणले जोखिम कम भएको र मौसम पनि अनुकुल रहेका कारण पाथीभरा दर्शन गर्न जाने श्रद्धालु भक्तजनहरु उल्लेख्य बढेका छन् ।

दसैं तिहार जस्ता ठूला चाडबाड भर्खरै सकिएको र छठ पर्वको विदा कायम रहेकोले घुमफिर गर्नेहरुका लागि पूर्वी नेपालको धार्मिकस्थल पाथीभरा उपयुक्त रोजाइको गन्तब्य बन्न पुगेको छ ।