महराविरुद्धको मुद्दामा आज थुनछेकको बहस

विराटनगर । पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बुझाएको मुद्दामाथि आजबाट थुनछेक बहस सुरु हुने भएको छ । सिआइबीले आइतबार महरालाई पक्राउ गरी सोमबार काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ ।

२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।

सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अशोज २८, २०८२, बिहानको ०९:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर