विराटनगर । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम रहेको छ । । हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम समेटिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो ।
वाशिङ्टन पोस्टसँगै टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।
जीवित रहेको विश्वास गरिएका बन्धक सबै पुरुष हुन् ।
विपिन जोशी, एक नेपाली विद्यार्थी थिए । दक्षिण इजरायलको अलुमिम किबुत्जमा खेतमा काम गर्दै गर्दा अपहरणमा परेका थिए। उनको परिवारले हालै इजरायली सेनाले गाजाबाट फेला पारेको भिडियोमा विपिनलाई जीवित देखिएको पुष्टि गरेको छ।
इजरायली अधिकारीले यसअघि उनको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए।


