विराटनगरमा भेलले बगाएर एक महिलाको मृत्यु

विराटनगर । अविरल वर्षाका कारण आएको भेलमा परेर विराटनगरमा एक भारतीय नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिका–१६ स्थित सुगरमिल नजिकैको कलभर्ट छेउको खाल्डोमा पानीको भेलले बगाउँदा भारत घर भई सोही स्थानमा डेरा गरी बस्ने ३५ वर्षीया अनिता राउतको मृत्यु भएको हो।

आज आइतबार दिउँसो करिब ४ बजे स्थानीयले अनितालाई पानीमा डुबिरहेको अवस्थामा देखेका थिए। तत्काल उद्धार गरी बाहिर निकालिए पनि उनको घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान गरी पोष्टमार्टमका लागि शव कोशी अस्पताल विराटनगरमा पठाएको जानकारी दिएको छ ।

अशोज १९, २०८२, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर