विराटनगर । अति भारी वर्षाका कारण डुवानमा परेको विराटनगर ५ स्थित केशलीया नदी छेउका बस्तीका प्रभावितहरुलाई विराटनगरका व्यवसायी तथा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मनोज चौहानले राहत उपलब्ध गराएका छन् ।
सामाजिक क्षेत्रमा क्रियाशील चौहानले निम्न वर्गका श्रमिकहरु बसोबास गर्ने विराटनगर रिङरोड क्षेत्र बाहिरका स्थानीयलाई तत्काल खाद्यान्न अभाव हुन नपाओस् भनेर चिउरा, भुजा, प्याज, खुर्सानी आदि सामग्री उपलब्ध गराएका हुन् । उनले त्यहाँका ८० घर परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराएका हुन्।
शनिबारदेखि परेको पानीका कारण विराटनगर ५, ६, १२ लगायतको क्षेत्रमा केसलिया नदी भरिएर पानी बस्ती क्षेत्रमा पसेका कारण डुबेको छ।

