विराटनगर । सप्तकोशीमा पानीको बहाब उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाब ५ लाख १० हजार क्यूसेक रहेको जनाईएको छ । पानीको बहाब बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको छ ।

ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेण्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो । यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो ।