विराटनगर । झपाको कन्काई नदीको बाँध फुटेको छ । पश्चिम तर्फको बाँध फुटेको हो । बाँध फुटेर खेत र बस्ती क्षेत्रमा बाढी पसेको छ । बाढीबाट नजिकको रंगथान लगायतका धेरै बस्ती डुबानमा पर्ने देखिएको छ ।

रंगथानलगायतका बस्तीमा हजारौं घर डुबानमा पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् ।