विराटनगर । पाँचथरबाट धरान तर्फ जाँदै गरेको पिकअप गाडी तमोर करिडोरमा दुर्घटना भएका छ । दुर्घटनामा परेका चार जना घाइतेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि सुनसरीको धरान पठाएको छ ।
पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारमा स्थानीयले पनि सहयोग गरेको प्रहरीले जनाएको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले अहिलेसम्म मानवीय क्षतिको जानकारी नआएको जानकारी दिए । उनका अनुसार सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई पनि घटनास्थल पठाइएको छ ।
।

