जिल्ला प्रशासन कार्यालयलाई १० थान कम्प्युटर सहयोग

विराटनगर । गत भदौ २४ गते जेन–जि आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय, मोरङलाई नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले सहयोग गरेको छ ।

आन्दोलनका कारण कार्यालय ध्वस्त भई सेवाग्राहीका आधारभूत सेवा अवरुद्ध भएपछि महासंघले कार्यालय सञ्चालनका लागि १० थान कम्प्युटर उपलब्ध गराएको हो ।

महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको तर्फबाट प्रदान गरिएको उक्त कम्प्यूटर, महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई आइतबार हस्तान्तरण गरे ।

यसैगरी, आगलागीले ध्वस्त भएको भवन रंगरोगन गर्नका लागि एशियन पेन्टस्बाट प्राप्त भएको ३०० लिटर रंग सहयोगस्वरुप प्राप्त भएको भन्दै महासंघले धन्यवाद ज्ञापन गरेको छ । महासंघले जिल्ला प्रशासन कार्यालय भवनमा रंगरोगन गर्न आवश्यक पर्ने सबै खर्च व्यहोर्ने जानकारी पनि दिएको छ ।

आन्दोलनका क्रममा भएको तोडफोडले मोरङका विभिन्न सरकारी कार्यालय र सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको थियो, जसकारण सेवा प्रवाह हालसम्म पनि प्रभावित छ ।

अशोज ५, २०८२, साँझको ०५:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर