कार्यालयहरुमा डढेका फोहोर पन्छाउँदै कर्मचारी

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी भएका विराटनगरका सरकारी कार्यालयहरुको फोहोर आजबाट सफा गर्न थालिएको छ । आन्तरिक राजश्व कार्यालय विराटनगरमा जलेको खरानी सफा गर्ने, पनछाउने कामसँगै नष्ट भएका सामानहरुको विवरण संकलन गर्ने काम सुरु गरेको हो ।

यसैगरी आजैबाट विराटनगर महानगरपालिका, मोरङ जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय आदिका कर्मचारीहरु कार्यालयमा उपस्थित भएर सरसफाइमा बिहानैबाट जुटेका हुन् । आगलागीबाट धेरै क्षति भएको र सबैको विवरण संकलन गर्न र सफाइ गर्न अझै केही दिन लाग्ने उनीहरुले बताएका छन् ।

भदौ २६, २०८२, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर