विराटनगरको तीनपैनीमा दुर्घटना : स्कुटर चालकको मृत्यु, टिपरमा आगजनी


विराटनगर । विराटनगर – २ स्थित तीनपैनी चोकमा आज सोमबार टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ कटहरी गाउँपालिका १ का ७६ वर्षीय सुदिप नारयण झा रहेको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।

स्कुटलमा सवार झालाई बरगाछीबाट आएको ५४१४ नम्बरको टिफरले ठक्कर दिएको थियो । उनको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनालगत्तै आक्रोशित भीडले टिपरमा आगजनी गरेको छ ।

भदौ २३, २०८२, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर