विराटनगर । नेपाली कांग्रेसका नेता अफताव आलमसहित ४ जनालाई सफाइ दिने न्यायाधीशद्वय डा. खुशी प्रसाद थारू र अर्जुन महर्जनलाई नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै कालो मसी छ्यापेका छन् । ती दुई न्यायाधीशको बिहीबार पुनः संयुक्त इजलास चलिरहेको बेला नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै पसेर कालो मसी छ्यापेका हुन् ।
उच्च अदालत वीरगञ्जको जनकपुरमा इजलासका रजिष्ट्रार दीपक भण्डारीका अनुसार सेवाग्राहीको भेषमा इजलासमा प्रवेश गरेका थिए उनीहरु ।
उनीहरूले जनताको कर खाएर जनविरोधी फैसला गर्नेभन्दै मसी छ्यापेका थिए । ‘भ्रष्टाचार गर्ने र जनताका कर खाएर जनताकै विरुद्धमा फैसला गर्नेविरुद्ध हाम्रो पार्टीले देशव्यापी यस्तै कारबाही गर्छौं’ भन्दै कालो मसी छ्यापेको भिडियोमा देखिन्छ ।
‘३ः४५ बजेको समयतिर सेवाग्राहीको रूपमा ती तीन जना कार्यकर्ताहरू इजलासमा प्रवेश गरेका थिए । मोबाइलमा लाइभ नै गर्दै उनीहरू इजलासमा प्रवेश गरेर कालो मसी छरेको कर्मचारीहरु बताउछन् ।
ती तीनै जनाको मोबाइलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ । पक्राउ पर्नेमा बहुमतका केन्द्रीय सदस्यका प्युठानको गौमुखी गाउँपालिका ¥ ६ का किशोर कुँवर (अविना), केन्द्रीय सदस्य एवं महोत्तरी इन्चार्ज र सिरहा जिल्ला सदस्य गर्भु महतो रहेका छन् ।
गत जेठ १४ गते न्यायाधीशद्वय थारू र महर्जनको संयुक्त इजलासले आलम सहितलाई सफाइ दिएको थियो ।