सामान्यतया हामीले देखेका, अनुभव गरेका हाम्रा वरिपरिका विविध वस्तुहरु जसको पिण्ड (अवस्था परिवर्तनको प्रतिरोध गर्ने गुण) हुन्छ ) र स्थान लिन्छ (आयतन हुन्छ) तिनलाई पदार्थ भनिन्छ । हाम्रो शरीर, वरिपरिका सबै भौतिक बस्तुहरु र विश्व ब्रम्हाण्डका सबै तारा, ग्रह र अरु आकाशीय पिण्डहरु सबै पदार्थले नै बनेको हुन्छन् । बिनापदार्थ हाम्रो दृश्य संसार कल्पना गर्न पनि सकिदैँन । माटो, पानी, हावा, ढुङ्गा सबै जीवित प्राणीहरु पदार्थले नै बनेका हुन्छन् । पदार्थको अवस्थितिले नै यो पृथ्वी र विश्व ब्रम्हाण्ड सुन्दर बनाएको छ, हामी बनेका छौँ अनि यो ब्रम्हाण्डको संरचना भएको छ । यस कारण हाम्रो उपस्थिति र अस्तित्वको लागि पदार्थ अपरिहार्य छ । सबै पदार्थहरु परमाणुले बनेका छन् । जुन अन्य सूक्ष्म उपपारमाणविक कणहरुले बनेका हुन्छन्; जसको स्थिर अवस्थामा पिण्ड र आयतन हुन्छ, तर प्रकाशको गति (३ह१०८मि÷स ं)मा प्रवाह हुँदा पिण्ड बढ्ने भएकोले त्यसलाई लिइँदैन । पुरानो भौतिकशास्त्रमा पिण्डविहीन कणिकाहरुलाई पदार्थको रुपमा लिइँदैन । यसमा प्रकाश शक्तिको रुप फोटोन, ताप, ध्वनि फोनोन र अन्य विकिरणहरु पर्दछन् । तर, आधुनिक भौतिक विज्ञानमा यिनलाई पनि पिण्डको अभिन्न चिजको रुपमा ग्रहण गरिएको छ । पदार्थका विभिन्न अवस्थाहरु हुन्छन्, जसलाई फेजको रुपमा लिइन्छ । हाम्रा दृश्य र अनुभवजन्य फेजको रुपमा ठोस, तरल, ग्यास, प्लाज्मा, बोज–आइन्स्टाइन संगठित पदार्थ, फर्मिअनिक संगठित पदार्थ र क्वार्क ग्लुअन प्लाज्मा पदार्थ विविध व्रम्हाण्डमा अवस्थित पदार्थका रुपमा छन् । हाम्रो पृथ्वीमा ठोस, तरल र ग्यासको अवस्थितिको रुपमा पदार्थ धेरै छ भने ब्रम्हाण्डमा प्लाज्माको अवस्थिति बढी छ । हाम्रो सूर्यलगायत सबै ताराहरु प्लाज्माबाट नै बनेका हुन्छन् ।
ठोस पदार्थको निश्चित आकार र आयतन हुन्छ । यिनका परमाणु ज्यादै खाँदिएर बसेका हुन्छन् र आफ्नो मणिभ (क्रिस्टल) मा ज्यादै कम गति देखाउँछन् । यिनीहरुलाई खाँद्न सकिँदैन र तरल वा ग्यासजस्तो प्रवाह पनि हुँदैन (कणिकाको) तताउँदा आयतन नगन्य बढ्छ । यिनका संरचनात्मक परमाणुहरु निश्चित पोटेन्सियल शक्तिको सीमाभित्र ओहोरदोहोर गर्ने पेण्डुलमजस्तो चाल देखाउँछन् । तरल पदार्थको आफ्नो निश्चित आयतन हुन्छ, तर आकार हुँदैन, जस्तो भाँडोमा राख्यो त्यही आकार लिन्छन् । यिनीहरु ठोसभन्दा कम साह्रा हुन्छन् र नगन्य मात्रामा मात्रै खाँद्न सकिन्छ । यिनका कणहरुको प्याकिङ्ग ठोसको भन्दा कम हुन्छ । परमाणुहरु बीचको आकर्षण ठोसमा भन्दा कम हुन्छ, तताउँदा ठोसको भन्दा आयतन बढी नै हुन्छ । तरल पदार्थको सतह तन्किएको हुन्छ; तरल पदार्थको सतह तन्किएको हुन्छ; प्रवाह हुँदा विभिन्न तहको बीचमा घर्षण हुन्छ र ज्यादै मसिनो नलीमा राख्दा तरल पदार्थ आफैं माथितिर बढेर जान्छ । ग्यास पदार्थको आफ्नो निश्चित आकार र आयतन हुँदैन । तिनले पनि आफू राखेकै भाँडोको रुप लिन्छन् । यिनका परमाणुहरुको खाँदिने र फैलिने गुण अत्यधिक हुन्छ । यिनका परमाणुहरु बीचको आकर्षण बल नगण्य हुन्छ । तताउँदा यिनीहरु सजिलै प्रसारण हुन्छन् । यिनको घनत्व अत्यन्त कम हुन्छ । आफू राखेको भाँडोको भित्तामा यिनले दवाव–चाप) सिर्जना गर्छन् । (यिनको गति शक्ति उच्च हुन्छ । ठोस र तरल पदार्थका परमाणुहरु निकै नै खाँदिएर आयतन कम भएर बसेका हुँदा यिनलाई संघनित पदार्थ (कन्डेन्ड म्याटर) भनिन्छ । तरल र ग्याँसका परमाणुहरु बग्ने वा प्रवह हुने हुँदा यिनलाई द्रव (पल्युड) भनिन्छ । प्लाज्मालाई पदार्थको चौथो रुप भएकोेले गर्दा यसका परमाणुले आफ्नो बाहिरी सेलको इलेक्ट्रन फाल्ने वा लिने क्रममा कोही धनात्मक चार्जयुक्त हुन्छन् भने कोही ऋणात्मक चार्जयुक्त हुन्छन् ।
यसमा उच्च विधुत् प्रवाह हुन्छ भने विधुत प्रवाहको कारणले उत्पन्न चुम्बकत्वको कारणले यसले एउटा दिशामा निश्चित चाल देखाइरहेको हुन्छ । प्लाज्मालाई स्वतन्त्र रुपमा पनि बनाउन सकिन्छ । चार्जविहीन ग्यासलाई उच्च तापव्रmमसम्म तताउँदा वा उच्च भोल्टको विधुत् चुम्बकीय क्षेत्रमा उक्त ग्यासलाई प्रवाह गराउँदा । हाम्रो पृथ्वीको आयोस्फेयर र म्याग्नेटोस्फेयर पनि प्लाज्माबाट नै बनेको हुन्छ । ब्रम्हाण्डका अत्यन्त घनित पिण्डहरु जस्तै ः सेताबाम तारा, न्युट्रन तारा, काला तारा (ब्ल्याकहोल) सबै प्लाज्मा अवस्थाकै पदार्थबाट निर्माण भएका हुन्छन् । बोज–आइन्स्टाइन पदार्थलाई पदार्थको पाँचौँ रुपमा लिइन्छ । यसमा ओजोन ग्यास । (मिजोन, हिलियम–४ ग्लुओन आदि जसको पुर्ण संख्या ०,१,२,३……… आदिको स्यिन वा घुम्ने क्षमता हुन्छ ) ज्यादै कम घनत्व र ज्यादै कम तामव्रmम लगभग एप्सोलुट जिरो (–द्दठघ०ऋ ) सम्म चिसो बनाउँदा सबै भन्दा निम्न क्वाण्टम स्टेटमा रहन्छन् र पदार्थको एउटा निश्चित गुण देखाउँछन्; त्यो नै बोज आइनटाइन कन्डेन्सेट पदार्थ हो । जस्तै विद्युत् प्रवाह हँुदा अवरोद्य नै नहुने सुपरकन्डक्टर अवरोधविहनी सुपर फ्यूडहरु यसका उदाहरण हुन् । त्यस्तै पदार्थको छैटौँ अवस्था फर्मिओनिक कन्डेन्सेट फर्मिअनर (इलेक्ट्रन, प्रोटन, न्युट्रेन) जसको आधा संख्या १÷२ को स्पिन हुन्छ पनि ज्यादै कम घनत्व र तापव्रmममा फेज परिवर्तन भएको पदार्थको रुप हो । त्यस्तै पदार्थका अन्य रुपहरुमा ग्लास, तरल व्रिmस्टल, चुम्बकीय रुपमा व्यवस्थित अवस्थाहरु (फेरेम्याग्नेटिक, डायाम्याग्नेटिक, प्यारा म्याग्नेटिक, फेरि म्याग्नेटिक, (गण्टि फेरिम्याग्नेटिक आदि) हुन्छन् ।
पदार्थको उच्च शक्तिको अवस्थाको रुपमा बढी ताप र चापमा रहेको पदार्थ डिजेनेरेट पदार्थ हो जसबाट अनन्त घनत्व र गुरुत्व बल भएका ब्रम्हाण्डका मृत्त ताराहरु बनेका हुन्छन् । त्यस्तै पदार्थको न्युक्लियस बनाउने नियमित चिसो पदार्थ क्वार्क म्याटर जसलाई क्वाण्टम व्रmोमोडाइनमिकल म्याटर पनि भनिन्छ र न्युक्ल्यिसको अत्यन्त शक्तिशाली बल (न्युक्लेयर फोर्स ) को बन्धनको रुपमा हुन्छ । त्यस्तै अत्यन्त धेरै तापव्रmममा क्वार्कमा भएका कणिकाहरु (अप, डाउन, चार्म, आदि) आदि पनि छुट्टिन मिल्ने पदार्थ भनेको क्वार्क–ग्लुअन प्लाज्माको रुपमा भएको पदार्थ हो । त्यस्तै महाविष्फोटन कै व्रmममा बनेको अत्यन्त धेरै तापव्रmममा (१०३०केल्भिन) बनेको बेरियन पदार्थ (ब्रम्हाण्डको बेरियन असन्तुलन) पनि धेरै उच्च शक्तिको अवस्थामा रहेको पदार्थ हो ।
यी त भए आधुनिक विज्ञानले प्रमणित गरेका ध्रुवसत्य पदार्थ अथवा पदार्थका विविध अवस्थाहरु । त्यस्तै सामान्य रसायन विज्ञानका आधारमा पदार्थलाई तत्व, यौगिक र मिश्रणको रुपमा पनि लिइन्छ । तत्वबाट यौगिकहरु बन्ने व्रmममा विभिन्न किसिमका बोण्डिङ भएर नयाँ योगिकहरु बन्दछन् । यसमा इलेक्ट्रोम्यालेण्ट कोभ्यालेण्ट, कोअर्डिनेट कोम्यालेण्ट, हाइड्रोजन बण्डिङ, भ्यन्डरवालस र मेटालिक बण्डिङहरु रहन्छन् । भौतिक वा रासायनिक रुपमा पदार्थको एक अवस्थाबाट अर्को अवस्थामा रुपान्तरण भई नै रहन्छ । यो परम्परागत विधिमा पदार्थको पिण्ड शक्ति आदि संरक्षण हुन्छन् । तर ब्रम्हाण्डमा पदार्थ रुपान्तरण हुने भनेको न्युक्लेयर विधि (न्युक्लेयर संगठन र विघठन) हो जसमा पिण्ड संरक्षण हुँदैन, नाश हुन्छ र शक्तिमा रुपान्तरण हुन्छ ।
खास रुपमा पदार्थको परमाणुको न्युक्लियसमा रहेका प्रोटन, न्युट्रनहरु क्वार्कबाट बन्दछन् जुन क्वाण्टम मेकानिकल कर्णकाहरु हुन् जसको तरङ्ग–कणिका द्वैद्धता (बेभ–पार्टिकुल डुआलिटी) हुन्छ । जसको अवस्थिति र गति एकै पटक निर्धारण गर्न सकिदँैन । तर, निश्चित दुरीमा निश्चित आकार सिर्जना हुन्छ क्वार्क र लेप्टोनहरुको बीचमा रहेको अन्तरव्रिmयात्मक बल गुरुत्व बल, विद्युत् चुम्वकीय बल, कमजोर र शक्तिशाली अन्तर व्रिmयात्मक बलको कारणले गर्दा परमाणुको न्युक्लियर र परमाणु बन्छ, यही नै पदार्थ निर्माणको आधार हो ।
प्रोटन र न्युट्रनहरु क्वार्क वर्गमा पर्छन् भने इलेक्ट्रन लेप्टोन वर्गमा पर्छ । पदार्थको आधारभूत संरचनाको रुपमा यिनै कणिकाहरुलाई लिइन्छ । यी क्वार्क र लेप्टोनलाई संयोजन गर्ने, बन्धनमा राख्ने कणिका भनेको बेजोन हुन्, यी बलवाहक कणिका (फोटोन, मिजोन आदि) लाई पदार्थको रुपमा चाहिँ लिइदैन, तर पदार्थ बनाउने आद्यारभूत तत्व चाहिँ यिनै हुन् । कमजोर बलका संवाहक ध र श वोजोनको पिण्ड पनि हुन्छ, तर यिनलाई पदार्थको रुपमा लिइँदैन । परम्परागत रुपमा पदार्थ एक रुपबाट अर्कोमा रुपान्तरण हुँदा पिण्ड वा शक्ति संरक्षण हुन्थ्यो, तर आधुनिक विज्ञान अनुसार बेरियोनिक संख्या, लेप्टोन संख्या र चार्ज संख्या संरक्षण हुने गर्दछ ।
ब्रम्हाण्डमा भएका यी त दृश्य पदार्थका विविध अवस्था भए । तर, यी पदार्थका कणका प्रतिकण (एन्टि पार्टिकल) ब्रम्हाण्डको उत्पत्ति कै व्रmममा बनेका हुन्छन् । जस्तै, इलेक्ट्रनको एन्टि इलेक्ट्रन, प्रोटनको एण्टि प्रोटन, न्युट्रिनोको एण्टि–न्युट्रिनी आदि । यी एण्टि पार्टिकलहरु मिलेर ब्रम्हाण्डको प्रतिपदार्थ (एन्टि–म्याटर) बन्दछ । जुन अधिक छ, अदृश्य छ र केही वैज्ञानिक प्रयोगहरुबाट सावित गरिएको छ । यी प्रतिकणिकाहरुबाट बनेको पदार्थ अँध्यारो पदार्थ (डार्क म्याटर) हो । ब्रम्हाण्डमा क्वार्क र लेप्टोनबाट बनेको सामान्य दृश्य पदार्थको शक्ति ४ प्रतिशत छ । २४ प्रतिशत डार्क म्याटर छ भने ७३ प्रतिशत कालो शक्ति (डार्क इनर्जी) छ । यसरी दृश्य पदार्थले बनेको ब्रम्हाण्ड भन्दा अदृश्य पदार्थले बनेको ब्रम्हाण्ड व्यापक छ ।