साफ यू –१९ च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग खेल्दै

विराटनगर । साफ यू –१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेलमा आज नेपाल र श्रीलंका बिच हुने भएको छ । खेल नेपाली समयअनुसार साँझ ७ : ४५ बजे हुनेछ ।

भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा हुने खेलमा नेपालले जित दर्ता गरे सेमिफाइनलमा स्थान पक्का गर्नेछ । नेपाल सम्मिलित समूह बी मा आयोजक भारत र श्रीलंका रहेका छन् । पहिलो खेलमा भारतले श्रीलंकालाई ८–० ले हराएको थियो । नेपालले मंगलबार भारतको सामना गर्नेछ ।

यस्तै समूह ए मा बंगलादेश र माल्दिभ्सले पहिलो खेलमा २–२ को बराबरी खेलेका थिए । आज साँझ ४: १५ बजे हुने खेलमा बंगलादेश र भुटान खेल्नेछन् ।

दुवै समूहको शीर्ष २ टोलीले सेमीफाइनल खेल्नेछन् । नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू –१८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपालको कप्तानी राम थापाले गर्दैछन् । टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् ।

आइतबार, २८ बैशाख, २०८२, दिउँसोको १२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर