दुर्गा प्रसाईं चाँडै पक्राउ गर्छौ : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले दुर्गा प्रसाईं चाँडै पक्राउ गर्ने जनाएको छ । गत शुक्रबार दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनपछि उनी फरार छन् ।

चैत १५ मा भएको उक्त हिंस्रक घटनालाई लिएर बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता एवम् डीआईजी दिनेशकुमार आचार्यले उनीमाथि अनुसन्धानकै क्रममा छ खोजी गरीरहेको बताए । ‘शुक्रबारको दिन ठूलो संख्याको भिड भड्किने भएकाले तत्काल उनलाई पक्राउ नगरीएको प्रहरीले जनाएको छ ।

उनी अहिले भागेकाले खोजी भइरहेको पनि आचार्यले बताए । ‘प्रहरीले त्यसदिन ठूलो भिड भएकाले पक्राउ गर्न सम्भव भएन’, उनले भने, ‘सिंहदरबार, संसद् भवन र एयरपोर्ट नै कब्जा गर्ने भनेर केही व्यक्तिले भिडलाई भड्काएका थिए । प्रहरीले संयमता अपनाएको थियो ।’

प्रवक्ता आचार्यले प्रसाईं कहाँ लुकेका छन् भन्ने अहिले खुलाउन नमिल्ने बताए । ‘हामी खोजिरहेका छौँ । उनी कहाँ छन् भन्ने हामीले भन्न मिल्दैन ।’

बुधबार, १९ चैत, २०८१, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर